चीनमा निओको ब्याट्री स्वापिङ प्रविधिले फड्को मार्‍यो, भारतमा समेत भित्रिएको प्रणाली नेपालमा आउँला?

बिजमाण्डू
२०८० पुष १५ गते ०६:३५ | Dec 31, 2023
चीनमा निओको ब्याट्री स्वापिङ प्रविधिले फड्को मार्‍यो, भारतमा समेत भित्रिएको प्रणाली नेपालमा आउँला?

काठमाडौं। विद्युतीय गाडीमा सर्वाधिक ध्यान दिनुपर्ने कुरा हो चार्ज कतिन्जेल थाम्छ? कति दूरी चलाउन सकिन्छ? कहाँ चार्ज गर्ने र चार्जिङ स्टेसनमा बस्न समय छैन भने हतारमा के गर्ने? यसको विकल्प हो- ब्याट्री स्वापिङ। अर्थात् ब्याट्री नै तुरुन्त अर्को राख्ने।

Tata
GBIME
Nepal Life

ब्याट्री स्वापिङ अब नौलो प्रविधि होइन। चार्जका लागि बसुन्जेलमा अर्को ब्याट्री राखेर गाडी अघि बढाउन सकिन्छ। वर्षौंदेखि यसबारेमा अनुसन्धान भइरहे पनि त्यसका लागि निकै धेरै समय कुर्नुपर्ने अनुमान थियो। यद्यपि, चीनले यो प्रणालीको विकास र कार्यान्वयनमा ठूलो फड्को मारिसकेको छ। भारतमा समेत यो प्रणालीको प्रयोग भइसकेको छ।

चिनियाँ इभी निर्माता निओले भने ब्याट्री स्वापिङ सुरु गरिसकेको छ। भर्खरै सो कम्पनीले आफ्नो पावर स्वाप स्टेसन नेटवर्कमा ३ करोड ब्याट्री स्वाप अप गरेको हो। निओको ब्याट्री स्वापिङ स्टेसन धेरैजसो चीनमा संचालित छन् भने युरोपमा पनि केही संख्यामामात्रै स्टेसन छन्। आगामी दिनमा बेलायतमा पनि स्टेसन निर्माण हुने अपेक्षा गरिएको छ।

चीनमा मात्रै होइन भारतमा समेत ब्याट्री स्वापिङ प्रविधिको विकास भइसकेको छ। भारतमा ताइवानको इभी स्टार्टअप कम्पनी गोगोरोले इभी ब्याट्री स्वापिङ सिस्टम निर्माण गरेको छ। यसले दुई पाङ्ग्रे सवारी साधनको लागि यो सिस्टम संचालनमा ल्याएको छ। कोलकतामा इन्डियन आयलले पनि ब्याट्री स्वापिङ सुरु गरिसकेको छ।

यस्तै, नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरले पनि यसबारे भारतमा ‘प्रोटोटाइप टेस्टिङ’ गरेको थियो। तर कम्पनी यसमा धेरै चुनौती रहेको भन्दै अहिलेलाई यो योजनाबाट पछि हटेको छ। ओलाले भने भारतमा लिडिङ पावर कम्पनी बीएसईएस यमुना पावर लिमिटेड र बीएसईएस राजधानी पावर लिमिटेडसँग सहकार्य गरेको छ। कम्पनीले ब्याट्री स्वापिङ प्रणाली दिल्लीको पूर्वी, मध्य, पश्चिम र दक्षिण क्षेत्र छनोट गरेर संचालनमा ल्याइसकेको छ।

नेपालमा पनि पछिल्लो समय इलेक्ट्रिक भेहिकलको प्रयोग बढ्दो छ। तर, बिक्री भइसकेका इभीलाई पर्याप्त चार्जिङ स्टेसन निर्माण भइसकेका छैनन्। यस्तो अवस्थामा ब्याट्री स्वापिङको नेटवर्किङ नेपालमा विकास होला? गाडी बिक्रेताहरुलाई यसमा चासो छैन। नेपालमा भर्खरै भित्रिएको भारतीय ब्रान्ड एथरले स्वापिङ प्रणालीमै आधारित हुनेगरि चार्जिङ नेटवर्कको विकास गर्ने योजना बनाइरहेको छ। तर सो योजनाको कार्यान्वयनबारे अहिले नै भन्न सक्ने अवस्था छैन।

के छ ब्याट्री स्वापिङको फाइदा ?

ब्याट्री स्वापिङ ‘फास्ट चार्जिङ’ प्रविधिभन्दा धेरै छिटो हुन्छ। यस प्रणालीको फाइदा भनेकै इभी गाडीमा चार्जिङको समय बचत गराउनु हो। पूर्ण चार्ज भएको एउटा निओ कारको ब्याट्री बदल्न २ मिनेट ३० सेकेन्ड मात्र लाग्छ।

ब्याट्री स्वापिङको लागि सुरुमा चालकले गाडीलाई स्टेसनको रिचार्ज क्षेत्रमा पार्क गर्नुपर्छ र कारको टचस्क्रिनमा देखापर्ने ‘अटो पार्किङ’ विकल्पमा ट्याप गर्नुपर्छ। त्यसपछि कारले स्टेसनमा अटोमेटिक रूपमा पार्क गर्नेछ। स्टेसनले केही मिनेटभित्रै ब्याट्री स्वापको लागि तयार राख्न अनुमति दिन्छ।

This image has an empty alt attribute; its file name is NIO_Power_Battery_Swap-1024x768.jpg

स्टेसनको मेकानिजमद्वारा अन्तिम अलाइनमेन्ट अघि कारलाई ‘गेट’ मा सही रूपमा पङ्तिबद्ध गर्न स्टेशनले दुई लिडार सेन्सर, एनभिडिया ओरिन प्रोसेसर र निओको आफ्नै अडास फङ्सनहरू प्रयोग गर्छ। चीनमा स्टेसनमा भण्डारण गरिएका ब्याट्रीहरू रातको समयमा इनर्जी ट्यारिफमा चार्ज गरिन्छ। यसले कम लागत लाग्छ। यसरी चार्ज गरिएको ब्याट्री दिनको समयमा प्रयोगकर्ताहरूलाई हस्तान्तरण गरिन्छ।

निओको ब्याट्री स्वापिङ सेवा असाधारण दरमा बढेको छ। सुरुवातमा निओलाई १ करोड ब्याट्री स्वाप गर्न करिब ४ वर्ष लागेको थियो। पछि थप १ करोड ब्याट्री स्वाप सो कम्पनीले मात्रै २७३ दिन मा गर्‍यो। तेस्रो १ करोड स्वापलाई मात्र १८९ दिन लाग्यो।

अहिले यो प्रविधि अधिकांश बजारहरूमा फैलिएको छ। यसलाई ‘सेयरिङ बेसिस’मा पनि बजारमा ‘ओपन’ गर्न सकिन्छ। त्यसको लागि कार उत्पादक कम्पनीबीच सहकार्यको आवश्यक रहन्छ।

निओले ब्याट्री चार्जिङ र स्वापिङ सुविधाहरू निर्माण र सञ्चालन गर्न सेलसँग रणनीतिक सम्झौता गरेको छ। र अन्य कम्पनीहरूसँग प्रविधि साझेदारी को प्रयास गरिरहेको छ। ब्याट्री स्वापिङ प्रविधि ठूला व्यावसायिक र लामो दूरीका सवारी साधनहरूको लागि उपयुक्त मानिन्छ।

This image has an empty alt attribute; its file name is CQ4HDMP4E5OAVBTB4XBITAI7VA-1024x682.jpg

ब्याट्री स्वापिङ सिस्टममा के छ बाधा ?

ब्याट्री स्वापिङ स्टेसन (बीएसएस) लाई ब्याट्री स्विचिङ स्टेसन पनि भनिन्छ। यहाँ विद्युतीय सवारी साधन मालिकहरूले आफ्नो खाली ब्याट्रीलाई पूर्ण चार्ज भएको ब्याट्रीसँग छिटो साट्न सक्छन्। यो अवधारणा परम्परागत चार्जिङ विधिहरू भन्दा निकै सस्तो र छिटो हो।

ब्याट्री स्वापिङ प्रक्रियालाई मेकानिकल रिफ्युलिङ वा मेकानिकल रिचार्जिङ पनि भनिन्छ। स्टेशनहरूले ढिलो चार्जिङ र द्रुत चार्जिङ दुवैको गुणलाई विस्थापित गरेको छ। अर्थात् अफ-पिक अवधिहरूमा इभी ब्याट्रीहरूलाई विस्तारै रिचार्ज गर्ने र धेरै छोटो समयमा इभीलाई द्रुत रूपमा ब्याट्री रिफिल गर्ने प्रविधिका रुपमा विकास गरिएको हो। यो दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे सबै सवारीमा प्रयोग गर्न सकिन्छ।

रोबोटिक मेसिनरीको प्रयोगको साथ पुरा ब्याट्री परिवर्तन प्रक्रिया केही मिनेटमा गर्न सकिन्छ। यद्यपि, ब्याट्री स्वापिङलाई व्यावहारिक रूपमा लागू भने धेरै बाधाहरू छन्।

पहिलो, यो ब्याट्री स्वापिङ प्रणाली सेटअप गर्न प्रारम्भिक लागत धेरै उच्च छ। ब्याट्री स्वाप गर्न महँगो रोबोटिक मेसिनरी र आवश्यक सञ्चालनको लागि ठूलो संख्यामा महँगो ब्याट्रीहरू चाहिन्छ।

दोस्रो, दुवै डिस्चार्ज र पूर्ण चार्ज गरिएका ब्याट्रीहरू भण्डारण गर्न आवश्यक पर्ने ब्याट्री स्वापिङ स्टेसन निर्माण गर्न आवश्यक धेरै ठूलो ठाउँ र लागत चाहिन्छ।

तेस्रो, स्वचालित ब्याट्री स्वापिङको सम्भावित कार्यान्वयन अघि इभी ब्याट्रीहरूलाई विद्युतीय मापदण्डको आधारमा ‘स्ट्यान्डर्डराइज्ड’ गर्न आवश्यक हुने आवाज पनि उठिरहेको छ।