काठमाडौंको काँडाघारी बस्ने एक महिलाको साथमा भेटियो हजारको २४ थान नक्कली नोट

बिजमाण्डू
२०८० पुष १३ गते १२:१७ | Dec 29, 2023
काठमाडौंको काँडाघारी बस्ने एक महिलाको साथमा भेटियो हजारको २४ थान नक्कली नोट

काठमाडौं। नक्कली नोटसहित प्रहरीले काठमाडौंको काँडाघारीबाट एक महिलालाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट १ हजारको २४ थान नक्कली नोटसहित काठमाडौं काँडाघारी बस्‍ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो।

नक्कली नोटको कारोबार भइरहेको भन्‍ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई नोटसहित पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।