लक्ष्मी बैंकले नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति दिने, २५ लाखको अक्षय कोष स्थापना

बिजमाण्डू
२०८० बैशाख ११ गते १६:०५ | Apr 24, 2023
लक्ष्मी बैंकले नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति दिने, २५ लाखको अक्षय कोष स्थापना

काठमाडौं। लक्ष्मी बैंकले नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति दिने भएको छ। 

Tata
GBIME
Nepal Life

बैंकले नेपाल प्रहरी कल्याण कोषसँग २५ लाखको छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने सम्झौता गरेको हो। बैंकले आगामी पाँच वर्षसम्म ७ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ।

छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने जनाएको छ। बैंकका अनुसार सहिद, अवकाश प्राप्त,अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारलाई छात्रवृत्ति दिइनेछ।  

छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने छ। बैंकले आर्थिक सहयोग गर्नेछ। सम्झौतामा बैंकका रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरी नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेका हुन्।

कार्यक्रम प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा थियो।