कुस्माको द क्लिफमा ‘परी पिङ’ संचालनमा, २५० तिर्दा नौलो किसिमको स्विङ खेल्न पाइने

बिजमाण्डू
२०८० बैशाख १० गते १०:४१ | Apr 23, 2023
कुस्माको द क्लिफमा ‘परी पिङ’ संचालनमा, २५० तिर्दा नौलो किसिमको स्विङ खेल्न पाइने

काठमाडौँ। साहसिक पर्यटन अन्तर्गत विभिन्न सेवा दिँदै आएको कुस्मा स्थित ‘द क्लिफ’ले  मुलुकमै पहिलोपटक परी पिङ सञ्चालनमा ल्याएको छ। यो किसिमको पिङ नेपालमा मात्र नभई एसियामै पहिलो पटक संचालनमा ल्याएको क्लिफका सञ्चालक राजु कार्कीले दाबी गरे।
 
जमिनबाट करिब २५० मिटर माथिको भीरमा १० मिटरको डोरी झुन्ड्याएर स्वीङ सञ्चालन गरिएको सञ्चालक कार्कीले जानकारी दिए।

Tata
GBIME
Nepal Life

‘पाहुनाले फोटो खिच्न सँगै नयाँ अनुभव लिनका लागि यो खेल उचित हुने अवधारणामा परी पिङ सञ्चालनमा ल्याएका हौं,’- संचालक कार्कीले भने।

नाम ‘परी पिङ’ भएपनि यसको मज्जा महिलामात्र नभई सबैले लिन सक्ने उनले जानकारी दिए। उनका अनुसार परी पिङका लागि २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङको बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प संचालित छन्।

बन्जी र स्विङसँगै क्लिफले आन्तरिक र बाह्य पर्यटक लक्षित रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ, स्काइ क्याफेलगायत सेवा दिँदै आएको छ।