सोल्टी होटलमा थाइ रैथाने परिकार महोत्सव सुरु, थाइल्याण्डकै मास्टर सेफले बनाउने

बिजमाण्डू
२०८० बैशाख ८ गते ०९:४३ | Apr 21, 2023
सोल्टी होटलमा थाइ रैथाने परिकार महोत्सव सुरु, थाइल्याण्डकै मास्टर सेफले बनाउने

काठमाडौं। सोल्टी होटलले आजदेखि आफ्नो चिनियाँ रेष्टुरेण्ट ‘वाओ सुआन’मा थाइ परिकार महोत्सव आयोजना गर्दैछ।

Tata
GBIME
Nepal Life

महोत्सवमा थाइल्याण्डकी प्रसिद्ध मास्टर सेफ विमोन जनलाओङले विभिन्न थाइ रैथाने परिकार पस्किने तयारी रहेको होटलले जनाएको छ।

थाइल्याण्डका रैथाने खानाहरुबारे पारखीलाई जानकारी दिनका लागि महोत्सव आयोजना गरिएको होटलले जनाएको छ।

खानाको विविधतामा धनी मानिएको थाइ परिकारअन्तर्गत विमोन जनलाओङले सोम तम, मो याङ नम जिम, जेइ, होम मेड करी, जानाङ करी, पाद किमाओ लगायत रैथाने परिकारलाई महोत्सवमा प्राथमिकता दिइने बताइएको छ।

होटलका अनुसार डेजर्टमा केराम र नरिवलको क्रिम डेजर्ट राखिएको छ।

महोत्सव दिनको साढे १२ देखि ३ बजेसम्म र आलाकार्ट डिनर साँझ ७ देखि पौने ११ बजेसम्म आयोजना हुने होटलले जानकारी दिएको छ।