सब्रत एग्रोले इलाइटी काठमाडौंको बजारमा ल्यायो, ३३० मिलिलिटर प्याकको मूल्य ८० रुपैयाँ

बिजमाण्डू
२०८० बैशाख ६ गते १७:३० | Apr 19, 2023
सब्रत एग्रोले इलाइटी काठमाडौंको बजारमा ल्यायो, ३३० मिलिलिटर प्याकको मूल्य ८० रुपैयाँ

काठमाडौं। सब्रत एग्रोले बहुप्रतिक्षित उत्पादन इलाइटी काठमाडौंको बजारमा ल्याएको छ। सन् २०२१ म स्थापित सबरत एग्रो फार्म अलैंची लगायत अरु पनि स्वादका आइस्ड टि उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनी भएको बताइएको छ।

Tata
GBIME
Nepal Life

शिवपुरीको फेदमा अवस्थित बुटिक प्लान्टमा स-सानो ब्याचमा बनाइएको अलैंची, इलाइटी, आइस टि पारखीले प्रशंसा नगरि बस्नै नसक्ने दाबी कम्पनीको छ।

ह्यान्डपिक गरिएको अलैंची, एलाइटीको सबैभन्दा महत्वपूर्ण सामग्रीमध्ये एक भएको कम्पनीले जनाएको छ।
इलाइटी सानो पारिवारिक व्यवसायबाट आएको र पुस्तौंदेखि अलैंची खेतीमा संलग्न छ।

इलाइटी ३०० मिलिलिटरको प्याकेज बजारमा उपलब्ध छ। जसको मूल्य ८० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। कम्पनीका सीइओ नितेश कटुवालले नेपाली आइस्ड टि उद्योगमा इलाइटीले महत्वपूर्ण प्रभाव पार्ने र यो उत्पादनले उपभोक्ताको मन जित्नेमा विश्वस्त रहेको बताए।