मुक्तिनाथ विकास बैंकका ग्राहकले ल्याण्डमार्क होटेलका विविध सेवामा छुट पाउने, १०% सम्म सहुलियत

बिजमाण्डू
२०८० बैशाख ४ गते १५:२१ | Apr 17, 2023
मुक्तिनाथ विकास बैंकका ग्राहकले ल्याण्डमार्क होटेलका विविध सेवामा छुट पाउने, १०% सम्म सहुलियत

काठमाडौं। मुक्तिनाथ विकास बैंकले ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्टका बिभिन्न सेवामा छुट दिने भएको छ।

Tata
GBIME
Nepal Life

बैंकले आफ्ना डेविट कार्डबाहक तथा मोबाइल बैंकिङका ग्राहकहरुलाई उक्त होटलका बिभिन्न सेवमा १० प्रतिशतसम्म छुट दिने सम्झौता गरेको हो।

उक्त सम्झौतापछि मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ल्याण्डमार्कका काठमाडौं, चितवन र पोखरामा रहेका होटलहरुमा खाना तथा बसाईमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजनाअन्तर्गत २ करोडसम्मका विविध व्यक्तिगत कर्जा ३ दिनभित्रै उपलब्ध गराउने सुविधा समेत दिइरहेको जानकारी दिएको छ।