प्रणालीमा २५ अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक, तरलता अभाव फेरी बढ्न थालेको हो?

बिजमाण्डू
२०७९ चैत्र १५ गते १७:४८ | Mar 29, 2023
प्रणालीमा २५ अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक, तरलता अभाव फेरी बढ्न थालेको हो?

काठमाडौं। प्रणालीमा तरलताको दबाब परीक्षण गर्न नेपाल राष्ट्र बैंकले बिहीबार २५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा २५ अर्ब रुपैयाँ पठाउन लागेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल खरीद गरेर ऋण दिने मौद्रिक औजार आउट राइट पर्चेज हो। राष्ट्र बैंकले बैंक वित्तीय संस्थासँग भएको २०८० असार मसान्तसम्म भुक्तानी अवधि भएको ट्रेजरी बिल खरीद गर्ने छ।

यसको ब्याज दर प्रतिस्पर्धाबाट तय हुने छ।

केही दिनअघि पुरानो ऋणपत्र नवीकरण र केही नयाँ ऋणपत्र जारी गरिरहेको राष्ट्र बैंकले बिहीबार भने बैंक तथा वित्तीय संस्थाले पहिले किनेको ट्रेजरी बिल खरीद गर्न लागेको हो।

नेपाल राष्ट्र बैंकले चालु बर्ष चार पटक आउट राइट पर्चेज गरिसकेको छ। बिहीबार पाँचौ पटक गर्न लागेको हो। विगतमा तरलता अभाव चरम भएको भन्दै चार पटकमा ८३ अर्ब ८५ करोड रुपैयाँ बजारमा पठाएको थियो। यद्यपी बैंकहरुले एक खर्ब ४५ अर्ब ८० करोड माग गरेका थिए।