हेटौंडामा पनि पप्पु कन्स्ट्रक्सनले सडक अलपत्र पार्‍यो, सडक कार्यालयले दियो १५ दिनको समय

बिजमाण्डू
२०७९ पुष ६ गते १०:०४ | Dec 21, 2022

काठमाडौं। सडक डिभिजन हेटौंडाले पप्पुसहितका निर्माण व्यवसायीलाई समयमा काम सक्न निर्देशन दिएको छ। कार्यालयले पटक-पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम नगरेपछि बाध्य भएर समयमा काम सम्पन्न गर्न निर्देशन दिइएको जनाएको छ।

Tata
GBIME

यसअघि सडक डिभिजन हेटौंडाअन्तर्गतका विभिन्न ठेक्काहरुमा निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न पटक/पटक मौखिक र लिखित रुपमा जानकारी गराउँदा समेत काम भएको थिएन।

यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्य सम्पन्न गर्ने गरी साइटमा स्रोत साधनहरु परिचालन गरेर कार्यालयमा उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ। यस्तै काम सम्पन्न गर्ने सुनिश्चितता र विश्वसनीय आधारसहितको संशोधित निर्माण कार्य सम्पन्न हुने परिमार्जित कार्यतालिका पेस गर्न समेत कार्यालयले निर्देशन दिएको छ।

यो अवधिभित्र कार्यस्थलमा आवश्यक मात्रामा स्रोत साधनहरु परिचालित गरेको वा निर्माण र मर्मत कार्यमा तीव्रता आएको नदेखिएमा जुनसुकै बेला ठेक्का सम्झौता तोडिने कार्यालयले चेतावनी दिएको छ।

निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीहरु पप्पु कन्स्ट्रक्सन र इलाइट/ मोना जेभी रहेका छन्।