१० हजार मेगावाट क्षमताका आयोजनाले पाए पीपीएका लागि स्वीकृति, ११ हजार मेगावाटका आयोजना ‘क्यू’मा

जनक वली
२०८१ असार १७ गते १४:२४ | Jul 1, 2024
१० हजार मेगावाट क्षमताका आयोजनाले पाए पीपीएका लागि स्वीकृति, ११ हजार मेगावाटका आयोजना ‘क्यू’मा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट १० हजार मेगावाट क्षमताका विद्युत आयोजनाले पीपीएका लागि स्वीकृति पाएका छन्। प्राधिकरणको विद्युत व्यापार महाशाखाका अनुसार ४५५ वटा जलविद्युत आयोजनाले विद्युत खरिद सम्झौताका लागि स्वीकृति पाएका हुन्।

Tata
GBIME

पीपीएका लागि परेका आवेदनमध्ये ती आयोजनाले स्वीकृति पाएका छन् जसमा २४८५ मेगावाट क्षमताका १८० वटा विद्युत उत्पादन थालेर सञ्चालनमा पनि आइसकेका छ्न्।

३७१६.६५ मेगावाट क्षमताका १३१ जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर समेत सम्पन्न भएको छ। यी आयोजनाले निर्माणका काम सुरु गरिसकेका छन्। ४०९९ मेगावाट क्षमताका १४४ जलविद्युत आयोजनाको पीपीए भइसकेको छ। फाइनान्सियल क्लोजर हुन बाँकी छ।

कुन कुन आयोजनाको भयो फाइनान्सियल क्लोजर?

प्राधिकरणका परेका आवेदनमध्ये १३१ आयोजनाको फाइनान्सियल क्लोजर समेत सम्पन्न भएका छन्। निजी क्षेत्रले निर्माण गर्न लागेका हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत आयोजना २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युतको समेत फाइनान्सियल क्लोजर सम्पन्न भएको छ। प्राधिकरणबाट २५५ मेगावाटको लागि पीपीए स्वीकृति पाएको छ।

यस्तै १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना, १२० मेगावाट क्षमताको रसुवा भोटेकोशी जलविद्युत आयोजना, १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले लगायतका १३१ जलविद्युत आयोजनामा निर्माणको काम भइरहेको छ।

फाइनान्सियल क्लोजर भएका आयोजनाको लिस्ट

यस्तै सानो तिनाउ खोला जलविद्युत आयोजना, जुम्दी खोला जलविद्युत आयोजना, टेदी खोला जलविद्युत आयोजना,  माथिल्लो मैलुन ए जलविद्युत आयोजना, खानि खोला-१ जलविद्युत आयोजना, मध्य भोटेकोशी जलविद्युत आयोजना, रसुवागढी जलविद्युत आयोजना, बडीगाड जलविद्युत आयोजना, सान्जेन जलविद्युत आयोजना, माथिल्लो बेल्खु जलविद्युत आयोजना, माथिल्ली टेदी जलविद्युत आयोजना, खानी खोला जलविद्युत आयोजना, तल्लो इर्खुवा जलविद्युत आयोजना, तिनेखु खोला जलविद्युत आयोजना, सलङ्खु खोला जलविद्युत आयोजना, बलेफी ‘ए’ जलविद्युत आयोजना लगायतको फाइनान्सियल क्लोजर सम्पन्न भएको छ।

यस्तै प्राधिकरणबाट पीपीएका लागि स्वीकृति पाएका १४१ जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर भएको छैन। यद्यपि निर्माणका काम भने सुरु भइसकेको छ।

११ हजार मेगावाट क्षमताका आयोजना ‘क्यू’मा

प्राधिकरणमा ११ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाको पीपीएका लागि आवेदन दिएर प्रतीक्षा सूचीमा छन्।

निजी क्षेत्रका ऊर्जा उत्पादकले पीपीएका लागि ११ हजार १४४ मेगावाट क्षमताका आयोजनाका लागि आवेदन दिएको प्राधिकरणका विद्युत खरिद महाशाखाले जनाएको छ।

प्राधिकरणले पीपीएका लागि परेको आवेदनमा पछिल्लो समय कुनै निर्णय गरेको छैन। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार आवेदन परेका सबै गम्भीर प्रकृतिका नहुने बताए।

‘अहिले १० हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाका लागि पीपीए परेको छ। ती सबै आवेदन गम्भीर प्रकृतिका हुँदैनन्। आवेदन परेका आयोजना अध्ययन गरेर प्राधिकरणले निर्णय गर्छ,’ उनले भने।

पीपीए गर्नका लागि दिएका वर्षौ पुराना जलविद्युत आयोजनाहरु प्राधिकरणमा प्रतीक्षा सूचीमा छन्। हाल १० मेगावाटसम्मका आयोजनाले पीपीएका लागि आवेदन दिनसक्ने र त्यो भन्दा बढी क्षमताका आयोजनाले कोटा सकिएका कारण आवेदन दिन नमिल्ने प्राधिकरणले जनाएको छ।

फाइनान्सियल क्लोजर नभएका आयोजना