काठमाडौं। ठमेल रेमिट प्रालि नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रुपमा जोडिएको छ।
अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’ को लागि आन्तरिक च्यानलको रूपमा एनसीएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको छ।
एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिका (युएसए) बाट पठाएको पैसा अब केहि सेकेन्डमै नेपालमा प्राप्त सकिनेछ।
अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्ष रूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको यो पहिलो पटक हो। यो आवद्धता नेपालमा डिजिटल रेमिट्यान्सको लागि एउटा महत्वपूर्ण कदम हो।
अब ठमेल रेमिटले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्नेछ।
यस अन्तर्गत ठमेल रेमिटले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धीत कारोबारहरु आफ्ना ग्राहकका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ।