सुन तोलामा २ सय बढ्यो, मंगलबार प्रतितोला ९५ हजार ६ सय, चाँदी १,२२० मा स्थिर




काठमाडौं। सोमबार तोलामा ४ सय रुपैयाँ घटेको सुनको मूल्यमा २ सय बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ।



साताको पहिलो दिनका तुलनामा ४ सय रुपैयाँ बढ्दा सोमबारको कारोबार मूल्य प्रतितोला ९५ हजार ८ सय थियो।

मंगलबार चाँदी तोलाको १२ सय २० रुपैयाँमा स्थिर छ। यो मूल्य साताको पहिलो दिनका तुलनामा १० रुपैयाँ घटेर सोमबार कायम भएको हो

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य बढेको छ। सोमबार प्रतिऔंस १७६०.७२ डलर रहेको सुन मंगलबार बढ्दै १७७३.५२ डलर भएको छ।

चाँदीमा पनि सामान्य बढोत्तरी छ। सोमबार प्रतिऔंस २०.१४ रहेको चाँदी मंगलबार २०.२० डलर छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell