जीआइएमा पहिलोपटक भियतनामबाट चार्टर उडान हुँदै, दुई यात्रु लिन आउँदै १२ सिटे फाल्कोन

बिजमाण्डू
२०७९ साउन ७ गते ०९:४९ | Jul 23, 2022
जीआइएमा पहिलोपटक भियतनामबाट चार्टर उडान हुँदै, दुई यात्रु लिन आउँदै १२ सिटे फाल्कोन

काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक भियतनामबाट चार्टर उडान हुने भएको छ।

Tata
GBIME
Nepal Life

आगामी बुधबार हङकङको जेट एभिएसन बिजनेस अन्तर्गतको चार्टर उडान भियतनामको न्वाइ वाइ इन्टरनेशनल एयरपोर्टबाट भैरहवा अवतरण हुने प्रवक्ता श्यामकिशोर साहले बताए।

'चार्टर फ्लाइटको लागि अनुमति दिइसकिएको छ। उताबाट जहाज खाली आउनेछ। यहाँबाट दुईजना यात्रु जाँदै हुनुहुन्छ,' प्रवक्ता साहले भने,'यसमा ल्याण्डीङ पार्किङ लगायतका सेवा शुल्क लिइने छैन।'

यो चार्टर उडानका लागि नेपाल एभिएसन सर्भिसेज स्थानीय प्रतिनिधि छ। यसका लागि कम्पनीको फाल्कोन-८ सिरिजको १२ सिटे जहाज खाली आउने र दुईजना यात्रु लिएर जाने तालिकामा उल्लेख गरिएको छ। भिएन-ए ४९९ रजिष्ट्रेसन नम्बर रहेको यो जहाज बुधबारै भियतनाम फर्किने तालिका छ।

यो जहाजको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवा निगमले गर्नेछ।