दुई लघुवित्तले पाए आइपीओ जारी गर्ने अनुमति, ल्याउँदैछन् १३ करोडको आइपीओ 

बिजमाण्डू
२०७९ असार २७ गते १३:२० | Jul 11, 2022
दुई लघुवित्तले पाए आइपीओ जारी गर्ने अनुमति, ल्याउँदैछन् १३ करोडको आइपीओ 

काठमाडौं। नेपाल धितोपत्र बोर्डबाट दुई लघुवित्तले एकैदिन आइपीओ जारीको अनुमति पाएका छन्। बोर्डका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन अनुमति पाएका हुन्। 

Tata
GBIME
Nepal Life

बोर्डबाट एकैदिन अर्थात असार २४ गते सार्वजनिक निष्कासन जारी गर्ने अनुमति पाएका यी संस्थाले १३ करोड ६ लाख रुपैयाँ बराबरको १३ लाख ६ हजार कित्ता आईपीओ जारी गर्नेछन्। जसमा बोर्डको अनुमति पाएसँगै धौलागिरी लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। 

साधारण सेयर निष्कासनको लागि लघुवित्तले सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्त गरेको छ। 
वित्तीय संस्थाको जारी पुँजी १० करोड ३१ लाखको ३२.१० प्रतिशत बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो। संस्थाले बागलुङ नगरपालिका-२ श्रीनगर टोलमा रजिष्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार संचालन गर्दै आएको छ। यसका ४४ शाखा र २ वटा उपशाखा कार्यालय छन्। 

यसैगरी अभियान लघुवित्तले धौलागिरी लघुवित्तको भन्दा बढी आइपीओ जारी गर्ने भएको हो । लघुवित्तले अबको केही समयमा नै ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर जारी गर्ने तयारी छ।  

जारी पुँजीको ३९ प्रतिशत बराबरको साधारण सेयर जारी गर्न बोर्डबाट अनुमति पाएको हो। अभियानले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटललाई तोकेको छ। दुई लघुवित्तले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछन्।