सेल्सबेरी आठौं वर्षमा, डिपार्टमेन्ट स्टोर चेनले ट्रिपल एट कार्यक्रममा गर्‍यो विजेता घोषणा

बिजमाण्डू
२०७८ फागुन ११ गते ११:४७ | Feb 23, 2022
सेल्सबेरी आठौं वर्षमा, डिपार्टमेन्ट स्टोर चेनले ट्रिपल एट कार्यक्रममा गर्‍यो विजेता घोषणा


काठमाडौं। मुलुकका प्रमुख सहरमा व्यापार गरिरहेको डिपार्टमेन्ट स्टोर चेन सेल्सबेरी ग्रुप आठौं वर्षमा प्रवेश गरेको छ। 

Tata
GBIME
Nepal Life

स्थापनाको छोटो समयमा नै यो समूहले आक्रामक रुपमा आउटलेट सञ्चालनमा ल्याएको छ। सेल्सबेरीले वार्षिकोत्सवका अवसरमा ग्राहक लक्षित ८-८-८ (ट्रिपल एट) कार्यक्रम सञ्चालन गरेको थियो।

फागुन १ देखि ८ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रमअन्तर्गत ६० सेकेन्डमा असीमित निःशुल्क सपिङ जित्न सफल विजेताहरुको घोषणा गरेको छ। 

काठमाडौंका रचना राणा, रमेश नेपाल, सहिष्णु पौडेल, विमल ढकाल, रेखा पौडेल, पोखराका विकास गुरुङ, अञ्जना अधिकारी र सुदर्शन थापा विजेता बनेको सेल्सबेरीले जनाएको छ।