जीवन विकास लघुवित्तको बम्पर लाभांश प्रस्ताव, सेयरधनीले ७० प्रतिशत बोनस सेयर पाउने

बिजमाण्डू
२०७८ फागुन ८ गते १४:०४ | Feb 20, 2022

काठमाडौं। जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ का को नाफाबाट बम्पर लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले कुल ७३.६८ प्रतिशत लाभंश दिने घोषणा गरेको हो। 

Tata
GBIME
Nepal Life

फागुन ७ गते शनिबारका दिन बसेको संचालक समितिको ५६औं बैठकले लाभांशको प्रस्ताव गरेको हो। निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट कायम चुक्ता पुँजीको ७० प्रतिशतले हुन आउने बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ३.६८ प्रतिशतले नगद लाभंश स्वरूप सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ। 

नियामक नेपाल राष्ट्र बैंक र आगामी सशरण सभाबाट स्वीकृत भए पश्चात मात्र लगानीकर्ताले प्रस्तावित लाभांश पाउने लघुवित्तले जनाएको छ।  

हाल लघुवित्तको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ छ। बोनस सेयर वितरण पछि लघुवित्तको चुक्ता पुंजी एक अर्ब ३ करोड ३२ लाख ८० हजार रुपैयाँ पुग्नेछ।