विद्युत बिक्री आम्दानी ११४.७५% बढ्दा तेह्रथुम पावर कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि

बिजमाण्डू
२०७८ माघ २८ गते १३:२९ | Feb 11, 2022
विद्युत बिक्री आम्दानी ११४.७५% बढ्दा तेह्रथुम पावर कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि

काठमाडौं। नोक्सानीमा रहेको तेह्रथुम पावर कम्पनीको खुद नाफा १६१.५६ वृद्धि हुँदै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ७१ लाख रुपैयाँ पुगेको छ। कम्पनी गत आव २ करोड ७९ लाख रुपैयाँ नोक्सानीमा थियो।

Tata
GBIME
Nepal Life

४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ८ करोड रुपैयाँ नोक्सानीमा छ। कोषको घाटा गत आवको तुलनामा १३ प्रतिशत वृद्धि भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा जगेडा कोष ७ करोड ८ लाख रुपैयाँ नोक्सानीमा थियो।  

यस अवधिमा कम्पनीले आफ्नो अर्को आयोजना ताङ्गमाया प्रोजेक्टमा २ करोड ३६ लाख रुपैयाँ लगानी गरिसकेको छ।  
   
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्री आम्दानीमा उलेख्य वृद्धि गरेको छ। दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले विद्युत बिक्रीबापत ८ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। आम्दानी गत आवका तुलनामा ११४.७५ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ४ करोड २ लाख रुपैयाँ आम्दानी गरेको थियो।  
 
समीक्षा अवधिमा तेह्रथुम पावर कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ, प्रतिसेयर  र मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ।