नेपाली स्टार्टअप सम्सारा क्रिएसन जर्मनीको योङ ग्लोबल चेन्जर्स अवार्डको शीर्ष ५० मा छानियो

बिजमाण्डू
२०७८ माघ १७ गते १३:४६ | Jan 31, 2022
नेपाली स्टार्टअप सम्सारा क्रिएसन जर्मनीको योङ ग्लोबल चेन्जर्स अवार्डको शीर्ष ५० मा छानियो


काठमाडौं। नेपाली स्टार्टअप सम्सारा क्रिएसन जर्मनीको ग्लोबल सोलुसन्स इनिसिएटिभ फाउन्डेसनको योङ ग्लोबल चेन्जर्स रिकप्लिङ अवार्डको शीर्ष ५० मा छनोट भएको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीका संस्थापक एवम् प्रमुख प्रोजेक्ट अफिसर अजित भट्ट वाइजीसी रिकपलिङ अवार्डको शीर्ष सूचीमा छनोट हुन सफल भएका हुन्। 

सन् २०१९ देखि टेक्सटाइल तथा प्लास्टिङ वेस्टलाई पुनर्प्रयोग गरी विभिन्न वातावरणमैत्री प्रडक्ट उत्पादन गर्दै आएको छ। सम्सराले स्थानीय ज्ञान तथा सीप प्रयोग गरी विभिन्न उत्पादन बिक्री गर्दै आएको जनाएको छ। 

५० वटाबाट फाइनलका लागि १० वटा कम्पनीबीच प्रतिस्पर्धा हुने बताइएको छ। यी १० कम्पनीहरुलाई पूर्ण लगानीमा जर्मनी लगेर आयोजकले आइडिया पिच गराउने छ। त्यसबाटै शीर्ष तीनवटा कम्पनीलाई पुरस्कृत गरिने बताइएको छ। 

विजेतालाई ५ हजार यूरो (६ लाख ७० हजार रुपैयाँ), दोस्रोलाई दुई हजार यूरो (२ लाख ६८ हजार रुपैयाँ) र तेस्रोलाई एक हजार यूरो (एक लाख ३४ हजार रुपैयाँ) पुरस्कार पाउने छन्।