नेपाल एसबीआइ बैंकको परफर्मेन्ससँगै लाभांश दर पनि घट्यो, ५.३१ प्रतिशत लाभांश प्रस्ताव

बिजमाण्डू
२०७८ मंसिर ८ गते १३:०५ | Nov 24, 2021

काठमाडौं। नेपाल एसबीआइ बैंकको परफर्मेन्ससँगै लाभांश दर पनि निरन्तर घट्न थालेको छ। पोहोर ९.४७ प्रतिशत लाभांश वितरण गरेको बैंकले यसपाली ५.३१ प्रतिशत घोषणा गरेको छ। 

Tata
GBIME
Nepal Life

बैंकले यसमध्ये साढे तीन प्रतिशत बोनस सेयर दिने छ भने कर प्रयोजनसमेत गरेर १.८१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको चुक्ता पुँजी ९ अर्ब ४९ करोड रुपैयाँ छ।

बैंकको लाभांश ११ बर्षयताकै सबैभन्दा कमजोर हो। बैंकले यो बीचमा २८.४२ प्रतिशतसम्म लाभांश दिएको थियो। 

बैंकको पछिल्ला दिनमा परफर्मेन्ससमेत खस्किरहेको छ। ब्यापारसँगै नाफा पनि घट्दै गएको छ। यही कारण बैंकको लाभांश क्षमता कमजोर हुँदै गएको हो।

बर्ष

बोनस सेयर

नगद लाभांश

कुल लाभांश

2020/21

3.50%

1.81%

5.31%

2019/20

6.00%

3.47%

9.47%

2018/19

6.00%

10.84%

16.84%

2017/18

5.00%

10.79%

15.79%

2016/17

15.42%

0.81%

16.23%

2015/16

28.00%

1.53%

29.53%

2014/15

27.00%

1.42%

28.42%

2013/14

15.05%

7.02%

22.07%

2012/13

12.50%

7.50%

20.00%

2011/12

12.50%

5.00%

17.50%

2010/11

12.50%

5.00%

17.50%