संसद् बैठक बस्दै : यस्ता छन् आजका सम्भावित कार्यसूची, अवरोध जारी राख्ने एमालेको तयारी

बिजमाण्डू
२०७८ भदौ २५ गते १०:१२ | Sep 10, 2021
संसद् बैठक बस्दै : यस्ता छन् आजका सम्भावित कार्यसूची, अवरोध जारी राख्ने एमालेको तयारी

काठमाडौं। संघीय संसदको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बुधवारबाट प्रतिनिधि प्रतिनिधि सभाको नवौं बैठक शुरु भएको हो।

Tata
GBIME
Nepal Life

बुधवारको बैठकमा प्रमुख प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक आजका लागि स्थगित गरिएको थियो। बुधवार एमालेले लगातार अवरोध गरेपछि दुई पटकसम्म बैठक स्थगित गरिएको थियो। तेस्रो पटकको बैठकमा एमालेका सांसदहरुको अवरोधबिच गृहमन्त्री बालकृष्ण खाणले राजनीति दल सम्बन्धी 'दोस्रो संशोधन' अध्यादेश पेश गरेका थिए।

बैठकमा खाणलाई अध्यादेश पेश गर्न सभामुखले अनुमति दिएपछि एमाले सांसदहरुले प्रतिकार गर्न खोजेका थिए। त्यसक्रममा एमाले सांसद र मर्यादा पालकहरुबिच घम्साघम्सी भएको थियो। खाणले अध्यादेश पेश गरिरहँदा एमाले सांसदहरुले नाराबाजी गरेका थिए।

दुबै सदनको स्थगित बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। आजको बैठक पनि अवरुद्ध गर्ने तयारी एमालेले गरेको बताइएको छ।

आजकै बैठकमा प्रतिनिधि सभामा २९ वटा बुँदागत विषयहरु रहेका छन्। ती विषयहरु अधिकांश अध्यादेशसम्बन्धी छन्।