कर योगदान अनुपातमा ९०० कम्पनीको फाइल हेरफेर, ठूला करदाताबाट २१७ बाहिरिँदा ११० भित्रिए

बिजमाण्डू
२०७८ साउन ८ गते ०९:१३ | Jul 23, 2021
कर योगदान अनुपातमा ९०० कम्पनीको फाइल हेरफेर, ठूला करदाताबाट २१७ बाहिरिँदा ११० भित्रिए

Tata
GBIME
Nepal Life

काठमाडौं। आन्तरिक राजस्व विभागले ९ सय करदाताको फाइल हेरफेर गरेको छ। विभागले फाइल हेरफेर गरी सबै कार्यालयहरुलाई पत्राचार गरेको हो। 

विभागले आर्थिक वर्ष २०७६/०७७ को कारोबारलाई आधार मानेर विभागले करदाताको फाइल हेरफेर गरेको हो। फाइल हेरफेरसँगै ठूला र मध्यमस्तरीय कर कार्यालयमा फाइलको संख्या घटेको छ। चालु वर्षदेखि सरकारले करदाताको कारोबार थ्रेसहोल्ड परिवर्तन गरेसँगै ठूलो संख्यामा फाइल हेरफेर भएको हो। 

सरकारले ५० करोडसम्म वार्षिक कारोबार गर्नेलाई कर सेवा कार्यालय, ५० देखि १ अर्बसम्म मध्यमस्तरीय र १ अर्बभन्दा माथि कारोबार गर्ने कम्पनीलाई ठूला करदाता कार्यालयले हेर्ने भएको छ। 

अब ठूला करदाता कार्यालयले ५ सय ७५ वटा करदाताको मात्रै फाइल हेर्नेछ। अर्थमन्त्रालयका अनुसार ठूला करदाताबाट २ सय १७ वटा कम्पनी मध्यामस्तरीय करदाता कार्यालय तथा करदाता सेवा कार्यालयमा घटुवा भएका छन्। कोभिड असरकार कारण कतिपय कम्पनीको कारोबारमा संकुचन समेत देखिएको छ। 

यस्तै व्यवसायलाई आक्रामक बनाउँदै कारोबार रकम एक अर्बभन्दामाथि पुर्‍याउने १ सय १० कम्पनी ठूला करदाता कार्यालयमा बढुवा भएका छन्। 
यस्तै मध्यमस्तरीय कर कार्यालयमा अब ६ सय ९० हाराहारीमा कम्पनीहरु बस्नेछन्।  यद्यपि सरकारले ६ क्षेत्रका व्यवसायीलाई कर थ्रेसहोल्ड नलाग्ने व्यावस्था गरेपछि ठूला करदाताको संख्या घटेको हो। यी कम्पनीहरुमा सवारीको स्थानीय बिक्रेता, सुन, पेट्रोल डिजेल, रिचार्ज कार्ड बिक्रेता, ग्यास व्यावसायी समेत छन्। 

सरकारले चालु वर्षदेखि ६ क्षेत्रमा व्यवसाय गर्ने कम्पनीलाई सेवा कार्यालयले नै हेर्ने व्यवस्था गरिएको हो। यो व्यवस्थाले पनि धेरै कम्पनीहरु कर सेवा कार्यालयमा पुगेका छन्। यी व्यसायहरुमा कर चुहावट जोखिम कम भएको विभागको बुझाइ छ। 

यस्ता छन् ठूला करदातामा आएका नयाँ कम्पनीहरु

ठूला करदाता कार्यालयमा आएका नयाँ कम्पनीहरुमा नेपाल इफ्रास्टक्चर बैंक लिमिटेड, इन्द्रावती ट्रेड प्रालि, आर्जन इन्टरनेशनल प्रालि, गुडविल फाइनान्स कम्पनी लिमिटेड, धुलिखेल अस्पताल छन्। यस्तै सप्तकोशी सिमेन्ट प्रालि, क्वालिटी आयल रिफाइनरी प्रालि, श्री राम रिफाइन आयल प्रोडक्टर प्रालि, जीवन विकास लघु वित्तीय प्रालि, प्रिमियर स्टील प्रालि, आर्य फर्मा ल्याब प्रालि, नारायणी इस्पात प्रालि, महावीर इन्टरनेशनल प्रालि, महावीर होल्डिङ्स प्रालि,  एस एण्ड एस होल्डिङ प्रालि, स्वीस सिल्भर प्रालि, ओसीबी फुड्स एण्ड फिड्स प्रालि, विशेष एण्ड कम्पनी प्रालि, न्यु होप एग्रो बिजनेस प्रालि, हेलन केलर इन्टरनेशनल प्रालि छन्। 

यसैगरी जयप्रकाश एशोसिएट्स लिमिटेड, शुभ सौभाग्य ट्रेडिङ प्रालि, शिवम् इम्पेक्स, आनन्द इन्टरप्राइजेज ट्रेड कन्सर्न प्रालि सगरमाथा स्टील इन्डस्ट्रिज प्रालि, ओयसिस, धारा, एसओएस बालग्राम नेपाल छन् । यस्तै तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड पनि ठूला करदाता कार्यालयमा समावेश भएको छ। भुगर्भ सिमेन्ट उद्योग प्रालि, मञ्जुश्री फाइनान्स लिमिटेड, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जीओ इन्टरनेशनल प्रालि पनि छन्।

यस्ता छन् ठूलाबाट घटुवा हुने कम्पनीहरु

ठूला करदाता कार्यालयबाट २ सय १७ वटा कम्पनी सेवा कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा पुगेका छन्। जसमा नेपाल टोबाको कम्पनी प्रालि, जगदम्बा फलाम ट्रेडर्स प्रालि, एसियन डिष्टिलरी प्रालि, जगदम्बा डिस्टिब्युटर्स प्रालि  ठूला करदाताबाट घटुवा भएका छन्। यसैगरी हिमाल वायर्स प्रालि, मनकामना आयल एण्ड फुड प्रोसेसिङ प्रालि, बाबा फ्लोर मिल, गोपाल फ्लोर मिल प्रालि ठूला करदाताबाट घटुवा भएका छन्। यसैगरी ठूला करदाताले हेर्दै सुन कारोबार गर्ने रिद्धि सिद्धि इन्टरप्राइजेज प्रालि, टेक्नो जया ज्वेलरी प्रालि लगायत स्वतः ठूला करदाता कार्यालयबाट सेवा कार्यालयमा घटुवा भएका छन्।