सरकारमा थप मन्त्री पठाउने बारे माओवादी केन्द्रमा छलफल, आकांक्षी धेरै, स्थायी कमिटी बस्दै

बिजमाण्डू
२०७८ साउन ६ गते ०९:१० | Jul 21, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउँन छलफल तीव्र पारेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री छान्ने जिम्मा दिइएको भए पनि पार्टीका आकांक्षी नेताको संख्या धेरै देखिएपछि पार्टी स्थायी कमिटीमा छलफल हुन लागेको हो।

त्यसका लागि प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो २ बजे स्थायी कमिटीको बैठक बोलाएका छन्। पार्टी कार्यालयका सचिव श्रीराम ढकालले समसामयिक र सांगठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए। उनले सरकारमा सहभागी हुने नेताबारेमा पनि बैठकमा छलफल हुने जानकारी दिएका छन्। 'समसामयिक विषय पनि छन्। सांगठनिक कुराहरु पनि छलफलका विषय छन्,' उनले भने।

यसअघि माओवादीको स्थायी कमिटीमा उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव भएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको मंगलबारको भेटमा प्रचण्डले साझा कार्यक्रमका साथ सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेका थिए। उक्त सहमतिअनुसारको खाका बनाएर माओवादीका नेता सरकारमा सहभागी हुने तयारी छ।