नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेशप्रसाद खत्री नियुक्त, स्वीकृतिका लागि बीमा समिति पठाइयो

बिजमाण्डू
२०७८ बैशाख १९ गते १६:४६ | May 2, 2021
नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेशप्रसाद खत्री नियुक्त, स्वीकृतिका लागि बीमा समिति पठाइयो

Tata
GBIME
Nepal Life

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन्। कम्पनीको संचालक समिति बैंठकले कामु सिइओ खत्रीलाई चार वर्षका लागि सिइओमा नियुक्ति गरेको हो।

उनले नेशनलबाटै बीमामा करियर सुरु गरेका हुन्। २६ वर्ष अघि बीमा क्षेत्रमा आएका खत्रीले बेग्लोरबाट एमबिए गरेका छन्। उनले कोभिड महामारीका कारण बीमा क्षेत्रमा पनि चुनौति थपिएको बताए।

'निश्चय पनि कोभिड माहामारीका कारण बीमा क्षेत्र पनि प्रभावित छ। हामीले अहिले बीमा समितिको निर्देशन अनुसार एक चौथाई कर्मचारी राखेर काम गरिरहेका छौ,' उनले बिजमाण्डूसँग भने, 'कोभिड महामारी सकिएपछि यो क्षेत्रले पनि गति लिने विश्वास लिएका छौं।'

कम्पनीले खत्रीलाई सिइओमा नियुक्ति गरेपछि प्रस्ताव स्वीकृतिका लागि बीमा समिति पठाएको जनाएको छ। सिइओ भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सिइओको जिम्मेवारी दिइएको थियो।