नोकिया सिरिजको अहिलेसम्मकै ठूलो सेट १२,८९९ रुपैयाँमा, साना अक्षरहरु सजिलै हेर्न सकिने

बिजमाण्डू
२०७७ फागुन १८ गते १२:४६ | Mar 2, 2021
नोकिया सिरिजको अहिलेसम्मकै ठूलो सेट १२,८९९ रुपैयाँमा, साना अक्षरहरु सजिलै हेर्न सकिने

Tata
GBIME
Nepal Life

काठमाडौं। नोकिया सिरिजको नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक भएको छ।

पहिलेको तुलनामा एक इन्च ठूलो नोकिया १.४ सिरिजकै सबैभन्दा ठूलो साइजको स्मार्ट फोन एचएमडी ग्लोबलले नेपाली बजारमा सार्वजनिक गरेको हो।

६.५१ इन्चको नोकिया १.४ स्मार्टफोनको स्क्रिन निकै प्रभावशाली भएको कम्पनीले जनाएको छ।

एचएमडी ग्लोबलका हेड अफ पानएसियाका रबि कुँवरले भने, 'हाम्रा डिजाइनरले संसारभरका लाखौं परिवारहरू बढी समय घरमा बिताइरहेका छन् भन्ने तथ्यलाई सम्बोधन गरेको छ। इमेल व्यवस्थापन गर्ने, बिलहरू भुक्तान गर्ने वा बच्चाहरूलाई अनलाइन अतिरिक्त क्रियाकलापमा व्यस्त हुनुपरेको यो अवस्थामा नोकिया १.४ मा स्क्रीनको आकार अधिकतम क्षमतामा बढाएका छौं, ताकि अभिभावक र बच्चाहरुसहित अन्य सबै वर्ग लाभान्वित हुनेछन्।'

यो सेटमा फोटोग्राफी अनुभव वृद्धि गर्न गुगलको एआईद्वारा पहिले नै सुधारिएको क्यामेरा गो एपमा म्याक्रो क्यामेरा पनि थपिएको कम्पनीले जानकारी दिएको छ। यसैगरी यसरमा भएको बिल्ट–इन म्याक्रो लेन्सले जुनसुकै किसिमका बिलहरुको प्रिन्ट जुम गरेर हेर्न सहज बनाउँछ।

नोट जत्तिकै ठूलो यो सेटमा ब्याट्री दुई दिनसम्म टिक्ने खुबी समेत रहेको छ। गुगलको क्यामेरा गो एपमा जडित डुअल क्यामेरा सेटअपले कम  उज्यालोमा पनि  उच्च गुणस्तरको फोटो खिच्न मद्दत गर्ने बताइएको छ।

यसमा भएको क्यामेरा गो एप र नोकिया १.४ को डुअल रियर र फ्रन्ट–फेसिङ क्यामेराको शक्तिशाली संयोजनले  कम प्रकाशमा पनि सुन्दर फोटो खिच्ने जारी विज्ञप्तिमा जनाइएको छ।

कम्पनीका अनुसार यो सेट क्वालकम चिपसेट र फिंगरप्रिन्ट सेन्सर भएको एक सुलभ फोन हो।

यो सेटमा तीन वर्षको मासिक सुरक्षा अपडेटहरू समेत समावेश हुने बताइएको छ।

नोकिया १.४ को बजार मूल्य १२ हजार ८ सय ९९ तोकिएको छ। यो २ जीबी र ३२ जीबी र्‍याम र रोममा ग्रे र पर्पल डस्क कलर भेरियन्टमा उपलब्ध रहेको पनि विज्ञप्तिमार्फत जानकारी दिइएको छ।