एनएमबि बैंकको साधारणसभाले लाभांश पारित गर्‍यो, १३ प्रतिशतले पुँजी वृद्धि

बिजमाण्डू
२०७७ पुष २९ गते १६:३० | Jan 13, 2021
एनएमबि बैंकको साधारणसभाले लाभांश पारित गर्‍यो, १३ प्रतिशतले पुँजी वृद्धि

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबि बैंक लिमिटेडले २५औं वार्षिक साधारण सभाबाट लाभांश पारित गरेको छ।

बैंकका अध्यक्ष पवनकुमार गोल्याणले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

बैंकको साधारण सभाले चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।  

सभाले बैंकले अधिकृत पुँजी १६ अर्बबाट वृद्धि गरी २० अर्ब पुर्‍याउने प्रस्ताव पारित गरेको छ।