अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध फेसबुकले लियो कडा नीति, कम्तीमा दुई हप्तासम्म एकाउन्ट ब्लक

बिजमाण्डू
२०७७ पुष २४ गते १३:३३ | Jan 8, 2021

Tata
GBIME
Nepal Life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्ट अनिश्चित समयका लागि ब्लक गरिएको छ। 'भ्वाइलेन्स' नीतिको हद पार गरेको आरोप लगाउँदै हिजोमात्र उनको एकाउन्ट पेज २४ घण्टाका लागि लक गरेको फेसबुकले जनाएको थियो।

त्यसको केही समयपछि फेसबुकका सिइओ मार्क जुकरबर्गले एक वक्तव्य जारी गर्दै ट्रम्पको एकाउन्ट पेजलाई शक्ति हस्तान्तरण नगरेसम्म एक्सेस नदिने जनाएका हुन्।

जनवरी २० मा ट्रम्प ह्वाइट हाउसबाट बिदा हुँदैछन्। सोही समयसम्म कम्तीमा दुई हप्ता ट्रम्पले फेसबुक र इन्स्टामा कुनै पोस्ट गर्न सक्ने छैनन्।

बुधबार अमेरिकी सिनेटमा ट्रम्पको उक्साहटमा आक्रमण भएपछि उनको भिडियो सन्देशसमेत फेसबुकले हटाएको थियो।

ट्वीटरले भने १२ घण्टाका लागि उनको एकाउन्टमा लक लगाएको थियो। ट्वीटरमा अहिले ट्रम्पले ट्वीट गर्न थालिसकेका छन्।