एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष ढकालले भने-‘निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परम्परागत’

बिजमाण्डू
२०७७ पुष १९ गते १६:३५ | Jan 3, 2021
एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष ढकालले भने-‘निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परम्परागत’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रूपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन्।

उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै निजी क्षेत्रलाई प्राथमिकतामा राखेका कारण मलेसियाले छोटो समयमा विकास गरेको बताउँदै निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने बताए। ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र समृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए।

उनले भने-'राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरुलाई सहजीकरण भन्दा पनि निरुत्साहित गरेको देखिएको छ।' उनले स्वदेशी पुँजी पर्याप्त रहेको बताउँदै साधारण सेयरमा २० गुणासम्म आवेदन पर्नु त्यसको प्रमाण भएको जिकिर गरे।

महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि कर्पोरेट तहमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने बताए। ढकालले स्थानीय स्तरको गृह प्रशासनदेखि राजस्वसम्म देखिएका समस्यालाई समन्वयात्मक ढंगले समाधानका लागि लाग्ने प्रतिबद्धतासमेत जनाए।