नेपाल उद्योग वाणिज्य महासंघमा राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध चयन

बिजमाण्डू
२०७७ मंसिर ५ गते १०:५७ | Nov 20, 2020
नेपाल उद्योग वाणिज्य महासंघमा राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध चयन

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका छन्।

उनीहरु दुवै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकाल समूहका हुन्। यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्यसमेत रहेका राउत हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्ष समेत हुन्। 

बिहीबार उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिनमा कसैको पनि उम्मेदवारी नपरेपछि १ नं प्रदेशबाट राउत निर्विरोध भएका हुन्।