राष्ट्र बैंकले अर्को चार अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउँदै, ३६४ दिने ट्रेजरी बिल जारी गरिँदै




काठमाडौं। नेपाल राष्ट्र बैंकले फेरि ४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने प्रक्रिया थालेको छ। सरकारका लागि राष्ट्र बैंकले ३६४ दिने ट्रेजरी बिल्समार्फत आन्तरिक ऋण उठाइ दिन लागेको हो। कात्तिक ४ गते आन्तरिक ऋण उठाइने छ।

राष्ट्र बैंकले चार अर्ब नयाँसहित ११ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्न लागेको हो। यसमध्ये ७ अर्ब २० करोड नवीकरण गर्नु पर्ने छ। 

TaTa
TVS

चालु वर्षको आन्तरिक ऋणअन्तर्गत उठाउन लागिएको यो दोस्रो ट्रेजरी बिल हो। यसअघि ३ अर्बको जारी गरेको थियो। राष्ट्र बैंकले कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण सरकारलाई उठाइदिँदैछ। यसमध्ये ५७ अर्ब रुपैयाँ कात्तिक मसान्तसम्म उठाइदिने छ।

अहिलेसम्म विकास ऋणपत्रको माध्यमबाट ३० अर्ब रुपैयाँ उठाइदिइसकेको छ। अब सात अर्ब ट्रेजरी बिलबाहेक कात्तिक २० गते राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र जारी गर्नेछ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell