सनराइज बैंकले माग्यो ब्यवस्थापन तहमा कर्मचारी, प्लसटु पासलाई पनि अवसर, पुनर्बीमामा ट्रेनी

बिजमाण्डू
२०७६ माघ १५ गते ०८:५३ | Jan 29, 2020
सनराइज बैंकले माग्यो ब्यवस्थापन तहमा कर्मचारी, प्लसटु पासलाई पनि अवसर, पुनर्बीमामा ट्रेनी


काठमाडौं। सनराइज बैंकले प्लस टु उत्तीर्णसहित मध्यम तहको ब्यवस्थापनमा कर्मचारी माग गरेको छ। बैंकले  प्रदेश कार्यालयमा ब्यवसाथापन तहमा तीनजना कर्मचारी माग गरेको छ।

Tata
GBIME
Nepal Life

यसका लागि १० वर्षको अनुभव अनिवार्य छ। त्यसमध्ये पनि ५ वर्ष शाखा ब्यवस्थापनमा बसेर काम गरेको हुनु पर्ने छ। शैक्षिक योग्यता स्नातकोत्तर अनिवार्य गरिएको छ।

बैंकले प्रमुख आन्तरिक लेखापरीक्षकमा एक जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ। यसमा पाँच वर्षको अनुभव आवश्यक छ।

बैंकले सुपरभाइजर तथा जुनियर अफिसर स्तरका केही लेखा परीक्षक पनि माग गरेकोछ । चार्टर्ड एकाउन्टेन्टको अनुभव एक वर्षको हुनु पर्ने छ।

यसैगरी सूचनाप्रविधि विभागमा एकजना ब्यवस्थापन तहमा कर्मचारी चाहिएको बैंकले जनाएको छ। बैंकले अफिसर स्तरमा केही शाखा प्रबन्धक पनि खोजेको छ। यसका लागि ४ वर्षको अनुभव आवश्यक छ। बैंकले रिलेसनसिप म्यानेजर तथा अपरेसन इन्चार्ज भनेर सुपरभाइजरदेखि सिनियर अफिसर तहसम्म केही कर्मचारी माग गरेको छ। यसका लागि ४ वर्षको अनुभव चाहिन्छ। कम्तिमा प्लस टु उत्तीर्ण गरेको हुनु पर्ने छ। आवेदन बैंकको वेबसाइटमा गएर दिन सकिन्छ।

यसैगरी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पनि केही ट्रेनी कर्मचारी माग गरेको छ। कम्पनीले म्यानेजमेन्ट ट्रेनी ३ जना, ट्रेनी असिस्टेन्ट ३ जना र कानुनतिरको अर्को ट्रेनी असिस्टेन्ट एकजना माग गरेको छ।