गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले दियो ६.५% नगद लाभांश, साधारणसभाको निर्णय यस्तो छ

बिजमाण्डू
२०७६ पुष २९ गते १४:५२ | Jan 14, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले शेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश दिने भएको छ।

फाइनान्स सञ्चालक समितिको मंगलबार  भएको १८ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष  २०७५/७६ को नाफाबाट ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

संचालक समितिमा स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त किर्तिनाथ मास्केलाई साधारण सभाले अनुमोदन गरेको छ।

सञ्चालक समितिमा अध्यक्ष श्रीमान श्रेष्ठ, सञ्चालक सरोजनी श्रेष्ठ, संचालक डा.रेश्मी श्रेष्ठ, संचालक राजेश मानन्धर र संचालक किर्तिनाथ मास्के समेत पाँचजनाको संचालक समिति रहेको फाइनान्सले जनाएको छ ।

संस्थाको चुक्ता पुँजी ८० करोड रूपैयाँ रहेकोमा हालसम्ममा निक्षेप ४ अर्ब २३ करोड रूपैयाँ तथा कर्जा ३ अर्ब ४८ करोड रूपैयाँ रहेका संस्थाबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संस्थाको प्रधान कार्यालय हरिहर भवन ललितपुर रहेकोमा हालसम्म १६ वटा शाखा कार्यालय र एउटा एक्टेन्सन काउण्टर रहेको बताइएको छ। संस्थाले चाँडै नै थप शाखा कार्यालयहरू खोल्ने तयारी गरेको जनाएको छ।