आधिकारिक बिक्रेताबाट हटाइएपछि स्टक सकाउने रणनीति, हिरोका बाइकमा १.३४ लाखसम्म छूट

बिजमाण्डू
२०८१ बैशाख २४ गते २०:०३ | May 6, 2024
आधिकारिक बिक्रेताबाट हटाइएपछि स्टक सकाउने रणनीति, हिरोका बाइकमा १.३४ लाखसम्म छूट

काठमाडौं। हिरोका मोटरसाइकल र स्कुटर साढे २५ हजार रुपैयाँदेखि १ लाख ३४ हजार रुपैयाँसम्म छूटमा बिक्रीमा राखिएका छन्।

Tata
GBIME
Nepal Life

हिरो मोटोकर्पले आफूलाई आधिकारिक बिक्रेताबाट हटाएपछि ज्योति ग्रुपको एनजीएम ट्रेडिङले स्टकमा रहेका मोटरसाइकल र स्कुटर आकर्षक छूटसहित बिक्रीमा राखेको हो। कम्पनीका अनुसार बिक्रीमा राखिएका बाइक र स्कुटर सन् २०१९ देखि २०२२ सम्म उत्पादन गरिएका हुन्।

कम्पनीले हाल ३ लाख ८४ हजार बिक्री मूल्य रहेको एक्सपल्स २०० टी मा १ लाख ३४ हजार रुपैयाँ छूट दिने भएको छ। २०१९ मा उत्पादित बाइकका हकमा यो छूट कायम गरिएको हो।

२०२१ मा उत्पादित एक्सपल्स २०० टी मा १ लाख २४ हजार र २०२२ मा उत्पादित यही मोडलको बाइकमा १ लाख १४ हजार छूट उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यस्तै प्लेजर प्लस स्कुटरमा साढे ५१ हजार देखि साढे ५४ हजार रुपैयाँ छूट दिइएको छ। यी स्कुटर ग्राहकले कम्पनीका सोरुमबाट १ लाख ५१ हजार देखि १ लाख ५४ हजार रुपैयाँसम्म पाउनेछन्। कम्पनीले डिलरवालाहरुलाई हरेक बाइक र स्कुटरमा ५ हजार रुपैयाँबाहेक कमिसन नहुने स्पष्ट पारेको छ।

ज्योति ग्रुपले ३५ वर्षदेखि हिरो बाइक बेच्दै आएकामा हिरो मोटोकर्पले करिब डेढ वर्षअघि आधिकारिक बिक्रेतामा एनजीएमलाई निरन्तरता दिन अस्वीकार गरेको थियो।

हिरोले चौधरी समूहको सीजी मोटर्सलाई आधिकारिक बिक्रेता नियुक्त गरेको छ। सीजी मोटर्सले नवलपरासीमा एसेम्बिलिङ प्लान्ट स्थापना गरेर बाइक उत्पादन गर्न थालिसकेको छ।