एलजी ब्राण्डका उत्पादनमा खुशीको डबल अपग्रेड योजना, घरायसी उपकरणहरु किन्दा उपहार पाइने

बिजमाण्डू
२०७६ भदौ २४ गते १६:३८ | Sep 10, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं।  दशैं तिहारको अवसरमा चौधरी ग्रुपले एलजी ब्राण्डका घरायसी उत्पादनहरुमा बिभिन्न  अफर सार्वजनिक गरेको छ।

चाडबाडलाई ध्यानमा राख्दै एलजीका उत्पादनहरु जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेशिन, भ्याकुम क्लिनर, डिस वासर, माइक्रोवेभ र साउण्ड सिस्टममा 'खुशीको डबल अपग्रेड' योजना ल्याएको कम्पनीले जनाएको छ।

यो योजना अन्तर्गत ग्राहकले लक्की ड्र मार्फत एलजीका अनेकौ उत्पादनहरु अपग्रेड गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

यो योजना देशभरका एलजीका आउटलेटहरुमा निश्चित अवधीका लागि हुने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।