लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा बजार सुधार हुन सकेन, कारोबार रकम २३ करोड रुपैयाँमा सीमित 

बिजमाण्डू
२०७६ भदौ २४ गते १५:२३ | Sep 10, 2019
लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा बजार सुधार हुन सकेन, कारोबार रकम २३ करोड रुपैयाँमा सीमित 

Tata
GBIME
Nepal Life

काठमाडौं। लगानीकर्ताहरुको मनोविज्ञान बढ्न नसक्दा बजार सुधार हुन सकेको छैन। कारोबार सुरु भएको दुई घण्टासम्म लगातार घटेको बजार दुई बजेसम्म बाउन्स व्याक भएर ४ अंकले सुधार देखिएको थियो। तर अन्तिम समयमा बजार टिग्न नसक्दा २.२४ अंकले घटेर बन्द भएको छ। 

बजार सुधार हुने संकेत देखा नपर्दा कारोबार रकम २३ करोड ७९ लाख रुपैयाँमा सिमित भएको छ। हरेक दिन बजार रातो देखिएपछि दोस्रो बजारमा लगानीकर्ताको सहभागिता घट्दै गएको छ। 

शेयर घटाएरै भए पनि खरिद गर्न खोज्ने लगानीकर्ताहरुले पनि बजारमा माग गर्न छाडेका छन्। एक साताअघि बजार सुधार हुने संकेत देखा पर्दा लगानीकर्ताको सहभागिता एकाएक बढेको थियो। 

तर त्यसैको भोलिपल्टदेखि दोहोरो अंकले घट्न थालेपछि लगानीकर्ताको सहभागिता विस्तारै कम हुँदै गएको हो। हरेक कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा झर्दा पनि लगानीकर्ताहरुमा शेयर खरिद गर्ने कन्फिडेन्स बढ्न सकेको छैन। 

कुमारी बैंक, एनआईसी एशिया र नेपाल लाइफको मात्रै एक करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ। सबैभन्दा धेरै हिमालय उर्जा विकास कम्पनीको बजार मूल्य ६.७२ प्रतिशतले सुधार देखियो। सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सका शेयरधनीहरुले ५ प्रतिशतले गुमाए। 

समग्र अर्थतन्त्र नै नकारात्मक हुँदै गर्दा यसको असर शेयर बजारमा परेको लगानीकर्ताहरुको विश्लेषण छ। पछिल्लो समय अर्थमन्त्रीले नेपालको अर्थतन्त्र धेरै नै सुधार भएको अभिव्यक्ति दिँदैआएता पनि उद्यमी व्यापारीले अहिलेको अवस्था नाजुक रहेको बताउँदै आएका छन्। समग्र अर्थतन्त्रमा उत्साह नहुँदा यसको प्रभाव शेयर बजारमा पनि परेको उनीहरुको तर्क छ।