विश्वका ८० देशमा बिक्री हुने मलेसियन ब्राण्ड जुलीका बिस्कुट नेपालमा, क्रयाकर र कुकिज पनि आयो

बिजमाण्डू
२०७६ भदौ ६ गते १२:३६ | Aug 23, 2019

Tata
GBIME
Nepal Life

मलेसियामा बनेको जुली ब्राण्डको बिस्कुट नेपालमा आएको छ। विशाल ग्रुपले जुलीका क्रयाकर, बिस्कुट र कुकिजलाई नेपालमा भित्र्याएको हो।

'बेक्ड विथ लभ' र 'द बेस्ट अफ यू' थिममा सार्वजनिक भएको जुली बिस्कुट विश्वका ८० देशहरुमा बिक्री वितरण हुने ब्राण्ड हो।
 
सन् १९८५ मा स्थापना भएको मलेशियन ब्राण्ड जुलीका उत्पादनहरु सुरुवातदेखि नै विश्व बजारमा स्न्याक्स लभरहरुको रोजाइमा पर्ने गरेको थियो।

यसका पिनट बटर, स्याण्डविच गोल्डन क्रयाकर तथा लभ लेटर्स स्वादका उत्पादनहरु एशिया प्यासेफिक क्षेत्रभरी नै लोकप्रिय छ।

विशाल ग्रुपका निर्देशक अर्पित अग्रवालले नेपालमा जुली ब्राण्ड भित्र्याउनु आफैंमा ठूलो सफलता भएको बताए।

जुली विश्वका धेरै देशहरुमा रुचाइएको ब्राण्ड भएकाले नेपालमा पनि यसलाई सबैले मन पराउने अग्रवालको विश्वास छ।

जुलीका बिस्कुट र कुकिजहरुलाई एपेटाइजर तथा स्न्याक्सका रुपमा खान सकिने कम्पनीले जनाएको छ।