एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच सम्झौंता, डिजिटल भूक्तानीमा २० प्रतिशत छुट

बिजमाण्डू
२०७६ साउन २७ गते १३:५२ | Aug 12, 2019
एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच सम्झौंता, डिजिटल भूक्तानीमा २० प्रतिशत छुट

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच व्यवसायिक परामर्श सेवामा छुट दिने सम्वन्धी सम्झौंता भएको छ।

सम्झौंता अनुसार उपायले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकले डिजिटल च्यानलमार्फत भूक्तानी गर्दा २० प्रतिशत छुट हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेसका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरे।

कम्पनीले कानून, वित्त व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा प्रवर्द्धित तथा सञ्चालित एक डिजिटल प्ल्याटफर्म हो। कम्पनीले सेवाग्राहीहरुलाई विभिन्न सार्वजनिक सेवा तथा त्यससँग सम्बन्धित अन्य कार्यहरु सरल, गुणस्तरीय र पारदर्शी तरिकाले सम्पन्न गर्न मद्दत गर्छ।

कम्पनीका सेवाग्राही तथा ग्राहकहरुले नयाँ कम्पनी दर्ता, वार्षिक विवरण दाखिला, लेखासँग सम्बन्धित सेवाहरु, करसँग सम्बन्धित कागजात तयार लगायतका सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। कम्पनीले बैंकका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि एनएफआरएसको मापदण्ड अनुसार वित्तीय विवरण तयार, अपग्रेड, ऋण मूल्यांकन प्रक्रियासम्बन्धी तालिम समेत प्रदान गर्ने सम्झौता भएको जनाएको छ।