अनिवार्य प्यान र भ्याटमा लैजाने निर्णयको विरोधमा असन बजार पुरै बन्दः तस्बिर समाचार

बिजमाण्डू
२०७६ साउन २४ गते १३:०७ | Aug 9, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले आर्थिक कारोबारलाई अनिवार्य रुपमा प्यानमा लैजाने निर्णयको विरोधमा असन बजार बन्द गरिएको छ।

आज बिहानैदेखि असन, मखन लगायतका स्थानमा व्यापारीहरुले पसल बन्द गरी विरोध जनाएका हुन्। सरकारले प्यान लिएकालाई पनि अनिवार्य भ्याटमा दर्ता गराउन खोजेको समाचार आएकाले हाललाई असनका व्यापारीहरुले प्रतीकात्मक रुपमा विरोध गरेको असनका सजिव बज्राचार्यले बताए।

यस्तै ग्राहकले पनि एक हजार रुपैयाँभन्दा माथिको सामान किन्दा प्यानको प्रयोग गर्नुपर्ने व्यवस्था व्यावहारिक नभएको व्यापारीहरुको तर्क छ। 

सरकारको निर्णयले १ हजार रुपैयाँभन्दा माथि खर्च प्यान मार्फत गर्नु पर्ने ब्यवस्था गरेको छ। प्यान मार्फत नगरे त्यसलाई खर्च मानिँदैन। नाफाकै रुपमा देखाउनु पर्ने हुन्छ।