काठमाडौं। एशियन लाईफ ईन्स्योरेन्स र गण्डकी विकास बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र गण्डकी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरे।
सम्झौतापछि गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने इन्स्योरेन्सले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिरहेको जनाएको छ ।
इन्स्योरेन्सका अनुसार गत पुस मसान्तसम्म कम्पनीको जीवन बीमाकोष १५ अर्ब १२ लाख रुपैयाँ रहेको छ ।
५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीले चुक्ता पूँजी २ अर्ब पुर्याउनको लागि चाँडै नै ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको जनाएको छ ।