सिद्धार्थ बैंक र दिल्लीको बिएल कपुर मेमोरियल हस्पिटलबीच सम्झौता, उपचारमा ५०% सम्म छुट हुने

बिजमाण्डू
२०७५ फागुन २९ गते १७:११ | Mar 13, 2019


काठमाडौं। सिद्धार्थ बैंकले दिल्लीस्थित डा बिएल कपुर मेमोरियल हस्पिटलसँग स्वास्थ्य सेवा सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको डेविट, क्रेडिट तथा मेडिकल कार्डबाहकले उक्त हस्पिटलमा उपचार सेवा लिँदा ५० प्रतिशतसम्म छुट पाउने सक्ने बैंकले जनाएको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन तथा अस्पतालका ग्रुप सेल्स प्रमुख सुनिल कपुरले हस्ताक्षर गरे।

यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकले हस्पिटलमा भुक्तानी गर्दा बिशेष छुट उपभोग गर्न सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

बैंकले नगदरहित कारोबार प्रवर्द्धनकलागि हालै क्यास ब्याक योजना संचालनमा ल्याएको समेत जनाएको छ। यसैगरी कार्डको प्रयोगबाट गरिने अनलाईन कारोबारलाई थप सुरक्षित बनाउन 'भेरिफाइड बाइ भिजा' सेवा प्रविधिको पनि अवलम्वन गरेको बैंकले जानकारी दिएको छ।