११०० अंकमा झरेका बेला किनेका लगानीकर्ताले बेच्न थालेपछि झर्यो बजार, नाफा बुक गर्ने बढे

बिजमाण्डू
२०७५ फागुन २९ गते १५:५३ | Mar 13, 2019
११०० अंकमा झरेका बेला किनेका लगानीकर्ताले बेच्न थालेपछि झर्यो बजार, नाफा बुक गर्ने बढे

काठमाडौं। ६ दिनयता निरन्तर बढेको शेयर बजारमा बुधबार ब्रेक लागेको छ। लगानीकर्ताले अर्थमन्त्रालयका अधिकारीहरुसँग छलफल गरेकै दिन बजार १३.१६ अंकले घटेको हो। 

Tata
GBIME
Nepal Life

मंगलबार ५० करोड रुपैयाँभन्दा माथिको कारोबार भएकोमा आज ३७ करोड ४३ लाख रुपैयाँमा खुम्चिएको छ। तर यो कारोबार विगतका दिनको तुलनामा धेरै कारोबार भयो। फाइनान्स बाहेक सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन्। 

बोनस शेयर घोषणा गरेको नागरिक लगानी कोषको सबैभन्द धेरै एक करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ। 

युनाइटेड फाइनान्सको कारोबार अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। अरुण कावेलीका शेयरधनीहरुले सबैभन्द धेरै ७.७७ प्रतिशतले गुमाएका छन्। बैंकहरुको व्याजदर घट्ने संकेत देखिएसँगै गएका दिनमा दोहोरो अंकले बजार सुधार हुँदै आएकोमा आज भने घटेको हो। 

११०० अंकको विन्दुमा शेयर खरिद गरेकाले आजदेखि बेच्न मिल्ने भएकोले बजारमा थप सप्लाइ बढेको हो। अल्पकालिन लगानीकर्ताले नाफा बुक गर्न खोज्दा पनि बजारमा केहि सेलिङ प्रेसर देखिएको हो।