६ महिनामा बैंक अफ काठमाण्डूको नाफा करिब ७४ करोड, व्याजदर र खराब कर्जा बढ्यो, नाफामा सुधार

बिजमाण्डू
२०७५ माघ २८ गते १०:२७ | Feb 11, 2019


काठमाडौं। बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको छ महिनामा ७३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले ३३ प्रतिशतले नाफामा सुधार गरेको हो।

Tata
GBIME
Nepal Life

 व्याज खर्चको तुलनामा व्याज आम्दानीमा सुधार देखिएको बैंकले खुद व्याज आम्दानी ३५ प्रतिशतले बढाएको छ।

बैंकले खुद व्याज आम्दानी एक अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष एक अर्ब ३० करोड रुपैयाँ थियो। बैंकले ८० अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी विस्तार गरेको छ।

बैंकले निक्षेप संकलन १३ प्रतिशतले बढाउँदा ऋण विस्तार १५ प्रतिशतले सुधार गरेको छ। बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ। बैंकले अझै ९३ करोड रुपैयाँ जुटाउनु पर्नेछ। जगेडा कोषमा ६ अर्ब १२ करोड रुपैयाँ जम्मा भएको छ।

पूँजीकोष अनुपात ०.८४ प्रतिशत विन्दुले घटेर १४.६१ प्रतिशत रहेको छ। खराव कर्जा थप ०.२२ प्रतिशत विन्दुले बढेर २.०८ प्रतिशत पुगेको छ।

आधार व्याजदर पनि थप ०.२२ प्रतिशतले बढाएर १०.६० प्रतिशत कायम गरेको छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँले सुधार गर्दै २० रुपैयाँ रहेको छ।