सोल्टी होटलको आम्दानीमा २८ % ले सुधार हुँदा नाफा ९७ % ले बढ्यो, छ महिनामा कमायो १६ करोड

बिजमाण्डू
२०७५ माघ २७ गते ११:१६ | Feb 10, 2019


काठमाडौं। सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ९७.०७ प्रतिशतले नाफा बढाउँदै १५ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ। होटलले गत वर्षको यही अवधिमा ७ करोड ६९ लाख रुपैयाँ थियो।

Tata
GBIME
Nepal Life

होटलले चालु आर्थिक वर्षको यहि अवधिमा आफ्नो जम्मा आम्दानीमा २८ प्रतिशतले बढाउँदै ८८ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ। त्यस्तै खर्च ६८ करोड ७६ लाख रुपैयाँ छ। गत वर्ष यस्तो आम्दानी ६८ करोड ६३ लाख रुपैयाँ थियो।

होटलको चुक्ता पूँजी ६६ करोड ६० लाख रुपैयाँ छ भने जगेडामा ९२ करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर १० रुपैयाँ रहेको होटलको प्रतिशेयर आम्दानी २.२८ रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षमा दोस्रो बजारमा होटलको शेयर कारोबार अधिकतम २६५ रुपैयाँ र न्युनतम १९९ रुपैयाँसम्ममा कारोबार भएको छ।