पेस्तोलसहित आएका तीन जनाले सहकारीका कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटे

बिजमाण्डू
२०८१ बैशाख २४ गते १५:०८ | May 6, 2024
पेस्तोलसहित आएका तीन जनाले सहकारीका कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटे

काठमाडौं । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ।

Tata
GBIME
Nepal Life

सोमबार बिहान शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोको साथमा रहेको रकम लुटिएको प्रहरीले जानकारी दिएको छ।

तीन जनाको समूहमा आएका मानिसल पेस्तोल देखाएर महतोको साथमा रहेको रकम लुटेर लगेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन आबाले जानकारी दिए।

जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदैगर्दा जनकपुरधाम उपमहानगरपालिका-१९ मा महतोका साथमा रहेको रकम लुटिएको हो।

जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। लुटेराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।