काठमाडौं। अर्थमन्त्रीलाई डाकेर तामझामका साथ उद्घाटन गरिएको पूर्ण स्वचालित अनलाइन प्रणालीमा ब्रोकरबाट भएको कारोबार भने देखिएकव छैन।
नेपाल स्टक एक्सचेञ्जले मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडालाई डाकेर पाँच तारे होटल याक एण्ड यतिमा पूर्ण स्वचालित अनलाइन प्रणालीको उद्घाटन गराएको थियो।
अनलाइन प्रणालीमा कारोबार नदेखिए पनि ब्रोकर कार्यालयबाट भने कारोबार भइरहेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले बताए।
उनले भने 'नयाँ प्रणालीमा लाइभ कारोबार भएको तथ्याङ्क साइटमा नदेखिएको हो। तर वाइको र प्राविधिकहरुले साइटमा देखिने बनाउदै छन्।'
नेपाल स्टक एक्सचेन्जले तीन वर्ष लगाएर स्वचालिन अनलाइन प्रणाली सुरु गरेको हो।