एशियन लाइफले ७४ करोड ४० लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने, रेटिङ मध्यम मात्रै पायो 

बिजमाण्डू
२०७५ असोज २६ गते ०९:५१ | Oct 12, 2018
एशियन लाइफले ७४ करोड ४० लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने, रेटिङ मध्यम मात्रै पायो 

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको लागि गरेको क्रेडिट रेटिङमा मध्यम किसिमको रेटिङ प्राप्त गरेको छ। केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार 'इक्रा एनपि आइपिओ ग्रेड ३' पाएको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीले ७४ करोड ४० लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्दैछ। बीमा समितिले दुर्इ अर्ब रुपैयाँ जुटाउने निर्देशन दिएसँगै कम्पनी पूँजी जुटाउने अन्तिम प्रयासमा रहेको छ। 

गत जेठ १९ गते बसेको दशौं वार्षिक साधारणसभाले ४ प्रतिशत बोनस शेयर वितरणपछि कायम पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पारित गरेको थियो। हकप्रद शेयर निष्काशनसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।  

कम्पनीले हाल २९ वटा शाखा कार्यालयमार्फत २४ वटा जिल्लामा आफ्नै कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ।