खल्ति र टुटलबीच सेवा बिस्तारमा साझेदारी, प्रयोगकर्ताले एपबाटै भाडा तिर्न सक्ने, ५% क्यासब्याक

बिजमाण्डू
२०७५ भदौ २६ गते १९:१२ | Sep 11, 2018

काठमाडौं। नेपालका दुई स्टार्टअप कम्पनीहरु ‘खल्ती’ र ‘टुटल’ बिच रणनीतिक साझेदारीको सुरुवात भएको छ। खल्तीका निर्देशक अमित अग्रवाल र ‘टुटल’ का सहसंथापक तथा सीइओ शिक्षित भट्टले मंगलवार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार अब प्रयोगकर्ताले सजिलै आफ्नो खल्तीएप मार्फत ‘टुटल’ मा पैसा राख्न र मोटरसाइकल भाडा तिर्न सक्नेछन्। यस साझेदारीबाट उत्साहित ‘खल्ती’ का डाइरेक्टर अमितअग्रवालले भने, सवारी यात्रा र पैसा भुक्तानी हामी सबैले दैनिक रुपमा भोग्दै आइरहेको एउटा समस्या हो। यो पार्टनरशिप दुवै समस्यालाई एकसाथ हल गर्न केन्द्रित हुनेछ। 

त्यसैगरी ‘टुटल’ का भट्टले ‘खल्ती’ र ‘टुटल’ को लक्षित प्रयोगकर्ताको समूह एउटै भएकाले साझेदारीले दुवै कम्पनीलाई छिटो अगाडिी बढ्न सहज भएको बताए।

साझेदारी सुरुवातको अफर स्वरुप टुटल प्रयोगकर्ताले खल्तीमार्फत पैसा राख्दा ५ प्रतिशत थप टुटल अकाउन्टमा पैसा पाउने छन्। ‘खल्ती’ ले पनि ‘खल्ती अकाउन्ट’ मा ५ प्रतिशत क्यासव्याक दिनेछ।