सेञ्चुरी बैंक शाखा बिस्तारमा एग्रेसिभ, गण्डकी प्रदेशमा एकैपटक ८ वटा शाखा खोल्यो

बिजमाण्डू
२०७५ साउन २३ गते १६:३७ | Aug 8, 2018


काठमाडौं। सेञ्चुरी बैंकले गण्डकी प्रदेश कार्यालय र गण्डकी प्रदेश अन्तर्गत ८ वटा शाखा कार्यालयहरु एकै साथ सञ्चालनमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life

बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको जनाएको छ ।

गण्डकी प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ग र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे।

नयाँ शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेप लगायतका सबै बैंकिङ सुविधा उपलब्ध गराउने जनाएको छ । 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नितीमा उल्लेख भए अनुसार नै बैंकले गण्डकी प्रदेश कार्यालयको सुरुवात गरेको बिज्ञप्तीमार्फत जनाएको छ।