शेयर लगानीकर्तालाई सहज सुचना उपलब्ध गराउन एनआइसी एसियाक एप, यस्ता छन् फिचर

बिजमाण्डू
२०७५ असार १३ गते १२:१९ | Jun 27, 2018
शेयर लगानीकर्तालाई सहज सुचना उपलब्ध गराउन एनआइसी एसियाक एप, यस्ता छन् फिचर

Tata
GBIME
Nepal Life
काठमाडौं। एनआइसी एसिया क्यापिटलले मोबाइल एस सेवा सुरु गरेको छ। लगानीकर्तालई सुचित गर्दै उपयुक्त निर्णय लिन सक्षम बनाउन एप सेवा सुरु गरेको कम्पनीले जनाएको छ। 
 
मोबाइल एपमार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै एनआईसी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्यको जानकारीसमेत प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। नेप्से बजार रिपोर्टका साथै एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 
 
एनआईसी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलको एप स्टोरमा निस्शुल्क उपलब्ध हुने छ। एनआईसी एशिया क्यापिटल मोबाइल एप्पमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमूलक सेवाहरु प्रविष्ट गर्दै जाने कम्पनीका ब्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले जानकारी दिए।