यस्ता छन् फ्रान्स र पोर्चुगलका सवल पाँच पक्ष

बिजमाण्डू
२०७३ असार २६ गते ००:०० | Jul 10, 2016
यस्ता छन् फ्रान्स र पोर्चुगलका सवल पाँच पक्ष

युरोकपको उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगल बीच फाइनल हुँदैछ। दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन्। फ्रान्स राम्रो प्रदर्शन गरेका कारण नै फाइनल पुगेको हो भने पोर्चुगललाई केही हदसम्म भाग्यले साथ दियो।

Tata
GBIME
Nepal Life

फ्रान्सले फाइनल पुग्ने क्रममा समूह चरणमा रोमानिया र अल्वानियालाई पराजित गर्यो।  स्विट्जरल्याण्डसँग गोलरहित बराबरी खेलेको फ्रान्सले प्रिक्वाटरफाइनलमा आयरल्याण्ड र क्वाटरफाइनलमा आइसल्याण्डलाई हरायो भने सेमिफाइनलमा जर्मनीमाथि २–० को जित हात पार्यो।

फाइनलसम्म पुग्दा फ्रान्सले जर्मनी बाहेक हरेक खेलमा राम्रो खेल्यो। फ्रान्सका एन्टोनी ग्रिज्मन, दिमित्री पायट, ओलिभर जिरुडमा इन्डिभिजुएल ब्रिलियन्स छ। यी खेलाडीको प्रदर्शनले नै फ्रान्सको प्रदर्शन राम्रो बनेको छ।

प्रतियोगिता अघि बढ्दै जाँदा फ्रान्सको टीम स्प्रिरिट राम्रो देखिएको छ। खेलाडीहरुले प्रदर्शनमा सुधार गर्दै आएका छन्। सेमिफाइनलमा जर्मनीसँग ६५/३५ को बल पोसेसन भएपनि फ्रान्स भाग्यले फाइनलसम्म पुगेको छ।

पोर्चुगल भने सुरुवात देखि नै भाग्यको साथमा अगाडी बढेको टोली हो। समूहको तीन खेलमा बराबरी खेलेको पोर्चुगल बेस्ट थर्डमा पर्दै नकआउट राउण्डमा क्वालिफाइ भयो। प्रिक्वाटरफाइनलमा क्रोएसियालाई हराउन पनि अत्रिरिक्त समय कुनुपर्यो। क्वाटरफाइनलमा पोल्याण्ड विरुद्ध १–१ को बराबरी खेल्दै पेनाल्टीसुटआउटमा हराउन सफल रह्यो। यसरी हेर्दा क्वाटरफाइनसम्म भाग्यमानी बनेको पोर्चुगल सेमिफाइनलमा वेल्सलाई मात्र निर्धारित समयमा हराउन सफल रहयो।
फाइनल कस्तो हुनेछ?
फाइनल भनेको फाइनल है। दुवै टोली उपाधि जित्नको लागि खेल्ने हो र दुवैलाई दबाब पनि हुन्छ। आयोजकका नाताले फ्रान्स फाइनलमा पुग्नु स्वभाविक पनि हो। नयाँमा बेल्जियम, पोर्चुगल र वेल्सको चान्स थियो। यसबाट पोर्चुगल फाइनल पुग्यो। फाइनलमा फ्रान्स फेभरेट हो भने पोर्चुगल अन्डरडग हो।
फाइनलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो मुख्य आकर्षण हुनेछन्। पोर्चुगलको प्रदर्शन पनि रोनाल्डोमै केन्द्रित हुनेछ र फाइनलमा पनि रोनाल्डोकै मुख्य भुमिका रहने अनुमान छ। यस्तै निलम्वनबाट फर्केका विलियम कार्भाल्हो र चोटबाट फर्केका पेपेको आगमनले पोर्चुगललाई राहत मिलेको छ।
फ्रान्सले रोनाल्डोलाई कसरी खेल्न दिन्छ भन्नेमै पोर्चुगलको प्रदर्शन निर्भर रहन्छ। पोर्चुगलका लागि विङका प्लेअरले राम्रो खेलिरहेको छन् रोनाल्डो लगायतका खेलाडीलाई रोक्नु फ्रान्सेली डिफेन्डरलाई चुनौती हुनेछ। 

पोर्चुगललाई फ्रान्सलाई रोकेर खेल्ने वा आफु अगाडी बढेर खेल्ले दुईवटा विकल्प रहनेछ। अगाडी बढ्दा पछाडी कजाोर हुनेसक्छ। रोनाल्डोसँगै रेनाटो सान्चेज, नानी, मारिओ, पेपेको प्रदर्शनमा पोर्चुगलको प्रदर्शन र्भिर रहन्छ। 

यता फ्रान्सको अग्रपंक्ति सबैभन्दा राम्रो छ। एन्टोनी ग्रिज्मन, पायट र जिरुडले जुन किसिमले गोल गर्न सकेका छन्। फाइनलमा पनि उनीहरु चम्किने आशा छ। यस्तै गोलरक्षक ह्युगो लोरिस, डिफेन्डर प्याट्रिस एभ्रा, मटुइडीको प्रदर्शन पनि राम्रो छ। 

जसरी फ्रान्सका खेलाडीले इन्डिभिजुएल रुपमा प्रदर्शन गरेको छन् त्यसरी नै प्रदर्शन गर्ने हो भने पोर्चुगललाई गाह्रो पर्नेछ । फ्रान्स एज ए टीम नै उत्कृष्ट छ।
फाइनल खेल मुख्य गरी रोनाल्डो र फ्रान्सेली डिफेन्स तथा फ्रान्सको अग्रपंक्ति र पोर्चुगिज डिफेन्स हुने अनुमान गर्न सकिन्छ।  

इतिहासले पनि फ्रान्सलाई साथ दिएको छ। १९६० पछि फ्रान्सले घरेलु मैदानमा भएको मुख्य प्रतियोगितामा हारेको छैन। यसक्रममा फ्रान्सले १९८४ मा युरोकप र १९९८ मा विश्वकप जितेर आफुलाई प्रमाणित गरिसकेको छ।

यस्तै फ्रान्स लास्ट १० खेलमा पोर्चुगलसँग हारेको छैन। १९७५ मा २–० ले हारेपछि फ्रान्स ४० वर्षयता अपराजित छ। यस्तै १९८४ र २००० को युरो सेमिफाइनलमा पनि फ्रान्सले पोर्चुगललाई हराएको थियो भने २००६ को विश्वकप सेमिफाइनलमा पनि फ्रान्सले जितेको थियो। 
यसले फ्रान्सलाई मानसिक रुपमा बलियो बनाएको छ भने पोर्चुगललाई बढी दबाब छ।

फ्रान्सका बलिया पाँच पक्ष

१. सेमिफाइनलमा जर्मनी जस्तो सन्तुलित टीमलाई हराएकोले फ्रान्सको मोरल हाई छ। फ्रान्सले समूह चरणको स्विट्जरल्याण्ड विरुद्धको खेल बाहेक हरेक खेलमा गोल गरेको छ। सेमिफाइन्लमा भाग्यले साथ दिएतापनि फ्रान्सले हारियला जस्तो गरेर कुनै खेल खेलेको छैन। 

२. फ्रान्समा एन्टोनी ग्रिज्मन, ओलिभर जिरुड, दिमित्री पायट, पउल पोग्वा, ह्युगो लोरिस लगायत स्टार खेलाडी छन्। एक टीममा यतीक्का स्टार खेलाडी हुनु विपक्षीका लागि चुनौती बन्नेछ। 

३. अहिलेसम्म ६ गोल गर्दै सर्वाधिक गोलकर्तामा अगाडी रहेको ग्रिज्मन फर्ममा छन्। उनले कुनै बेला गोल गर्न सक्छन्। ग्रिज्मनलाई रोक्दा जिरुड, पायट पोग्वाले गोल गर्ने चान्स पाँउछन्।

४.सेट पिसमा पनि फ्रान्स राम्रो छ। टीम स्प्रिट राम्रो रहेको फ्रान्सले कुनै पनि बेला सेटपिसमा गोल गर्न सक्छ। खेलाडीहरुको तालमेल राम्रो छ। 

५. फ्रान्स गोल गर्नमा मात्र नभएर डिफेन्समा पनि राम्रो छ। गोलरक्षक ह्युगो लोरिस, एभ्राको नेतृत्वमा रहेको डिफेन्सलाइन राम्रो छ। पोर्चुगलका फरवार्डका लागि यिनीहरु बाधक बन्न सक्छन्।

यसबाहेक फ्रान्सलाई होम एड्भान्टेज छ र घरेलु दर्शकको समर्थन रहनेछन। घरेलु मैदानमा भएको मुख्य प्रतियोगितामा १८ खेलमा अपराजित रहेको फ्रान्स पोर्चुगलसँग ४० वर्षयता हारेको छैन।

पोर्चुगलका बलिया पाँच पक्ष

१.२४ टीमको सहभागिता रहेको सन् १९९० र १९९४ को विश्वकपमा क्रमश अर्जेन्टिना र इटली समूह चरणमा तेस्रो स्थानमा रहतोपनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनसम्म पुगेका थिए। समूह चरणमै संघर्ष गरेको टीमले फाइनलमा पनि संघर्ष गर्ने हो भने पोर्चुगलले जित्न सक्छ।

२. यदी पहिलो हाफमा पोर्चुगलले डिफेन्सिभ खेल्दै फान्सलाई रोक्न सक्यो भने दोस्रो हाफमा फ्रान्समाथि दबाब बढाउँदै गोल गर्न सक्छ र विजयी हुन सक्छ।

३. रोनाल्डो इअर बलमा गोल गर्न माहिर छन्। इअर बलमा रोनाल्डोलाई रोक्नु फ्रान्सेली डिफेन्सका लागि चुनौती हुनेछ। रोनाल्डोलाई मार्क गर्दा पोर्चुगलका सान्चेज, नानी लगायतले चान्स पाउन सक्छन्।

४. पेपेको आगमनले पोर्चुगललाई फाइदा हुनेछ भने फ्रान्सेली फरवार्डको लागि गोल गर्ने चुनौती हुनेछ। पेपेले पोल्याण्ड विरुद्धको क्वाटरफाइनलमा एक्लै विपक्षीको धेरै आक्रमण रोकेका थिए। चोटका कारण वेल्स विरुद्धको सेमिफाइनल गुमाएका पेपेको आगमनले पोर्चुगलको मनोवल उच्च बन्नेछ।

५. यदी खेल ट्राइबेकरमा गयो भने पोर्चुगल विजेता बन्न सक्छ। निर्धारित समयको खेल बराबरीमा रोकिने हो भने खेल ट्राइबेकरसम्म पुग्न सक्छ । 
यस्तो अवस्थामा फेभरेट टीम र होम टीमलाई बढी प्रेसर हुन्छ जसको फाइदा पोर्चुगलले उठाउन सक्छ।