काठमाडौं । सुनको भाउ उकालो लागेको छ। मंगलबार तोलाको तीन सय रुपैयाँले बढेको सुनको भाउ बुधबार फेरि दुईसय रुपैयाँले महंगो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ५१ हजार सातसय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको भाउ तोलाको ५१ हजार पाँचसय रुपैयाँ पुगेको थियो।
सुनको भाउ बढेपनि चाँदीको भाउ स्थिर छ। महासंघका अनुसार बुधबार चाँदी तोलाको ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।